ठाउँ र समय तोकेर व्यापार गर्न दिन काठमाडौं महानगर लचिलो

९ आश्विन २०८०, मंगलवार १४:५१

काठमाडौं महानगर सडक व्यवसायीलाई छठसम्म ठाउँ र समय तोकेर व्यापार गर्न दिन लचिलो भएको छ।

बिज्ञापन

चाडपर्वलाई लक्षित गर्दै सडक व्यवसायीलाई व्यापार गर्न दिन महानगर तयार भएको महानगर स्रोतले जनाएको छ।

बिज्ञापन

उक्त विषयमा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच छलफल भएको थियो। यसका साथै केही नीतिगत विषय पनि संशोधन गर्नु पर्ने भन्दै पुसमा हुने कार्यपालिका बैठकमा नीति संशोधन गर्न सकिने पनि महानगरले जनाएको छ।

सहमति भएर मस्यौदा तयार भइरहेको वार्तामा उपस्थित एक सदस्यले जानकारी दिए। यसअघि महानगर र ई: का प्रतिनिधिबीच छलफल भए पनि अहिले ई: पनि वार्तामा सहभागी भएका छन्।

बिज्ञापन

मंगलबार दिउँसो राष्ट्रिय सभागृहमा महानगरले बनाएको वार्ता टोली र ई: का प्रतिनिधिबीच वार्ता भएको थियो।

करिब ३ घण्टा लामो छलफलपछि वार्ता सकारात्मकउन्मुख भएको महानगर स्रोतले जनायो।

वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई: का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए।

Demo content Used for Devvloping purpose only

 

९ आश्विन २०८०, मंगलवार १४:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना