मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

९ आश्विन २०८०, मंगलवार १५:१२

अहिले घरघरको कहानी नै बनिरहेको छ बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने । बच्चालाई खाना खुवाउनुअघि उसलाई मनपर्ने कार्टुन देखाउने वा गेम खेल्न दिने बानी नै भइसकेको छ । यसो गर्दा बालबालिका मोबाइलमा भुल्लिने र खाना खुवाउन सहज हुने ठान्छन् अभिभावक ।

बिज्ञापन

तर के यसरी बच्चालाई मोबाइल देखाएर खाना खुवाउनु सही हो ? यसरी खाना खुवाउँदा बच्चालाई केही नकारात्मक असर पर्छ कि पर्दैन ?

बिज्ञापन

पोषणविद् कामना आचार्य भन्छिन्, ‘मोबाइल देखाएर खाना खुवाउँदा वा खाँदा तत्काल मात्रै होइन दीर्घकालीन रुपमा पनि असर गर्छ । किनकि तिनीहरुले भोक लागे पनि नलागे पनि खाना खाएका हुन्छन् ।’

यसरी खाना खुवाउँदा खानामा भन्दा मोबाइलमा बालबालिकाको ध्यान हुन्छ । जे खुवाए पनि खाएको थाहा हुने तर के खाँदैछु र स्वाद कस्तो छ भन्ने कुरा उनीहरुलाई थाहा हुँदैन । जसले रुचि नभएका खानेकुरा पनि खाने र पेट टन्न भए पनि खाइरहने पोषणविद् आचार्य भन्छिन् ।

बिज्ञापन

रुचि नभएका खानेकुरा खाँदा बच्चाले निल्न त सक्ने तर पचाउन नसक्ने आचार्य बताउँछिन् । ‘बालबालिकालाई खाना खुवाउँदै गर्दा वा खुवाइसकेपछि वाकवाक गर्ने, वान्ता गर्ने गर्छ । यसरी खुवाउँदा खाना पचाउन नसकेर पेट गडबड हुने तथा अन्य स्वास्थ्य समस्या हुन सक्छ,’ उनी भन्छिन्, ‘यस विषयमा अभिभावकले खासै ध्यान दिएको देखिंदैन । अभिभावकलाई जसरी हुन्छ खाना खाए पुग्ने मानसिकता छ ।’

मनोविद् डा. दिलीप श्रेष्ठ मोबाइल वा टीभी देखाएर खुवाउनु स्वास्थ्यवर्द्धक नहुने बताउँछन् । यसलाई टक्सिन (विष) अभ्यास भनिन्छ । ‘खाना रमाएर खानुभन्दा पनि मोबाइलमा भिडियो हेरेर रमाएको हुन्छ । त्यसैले उसले के खाएको भन्ने नै थाहा हुँदैन । उसले खाना खाएर शरीरलाई चाहिने पोषक तत्व प्राप्त गरे पनि पाचन प्रक्रिया भने सहज हुँदैन,’ डा. श्रेष्ठ भन्छन् ।

 

Its a demo contents used for only developing purpose content only

 

९ आश्विन २०८०, मंगलवार १५:१२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना