उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्यकर्मीहरूमाथि भौतिक कारबाही गर्नेहरूलाई कानुनको दायरामा ल्याउने बताएका छन्। मंगलबार गृह मन्त्रालयमा स्वास्थ्य संस्‍थाका प्रतिनिधिहरूसँग बसेको बैठकमा दुई वटा काम गर्ने निर्णय भएको उनले बताए। पोखराको मणिपाल अस्पतालमा सोमबार एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले डाक्टरहरूमाथि कुटपिट गरेका थिए। कुटपिटसँगै उनीहरूले अस्पतालमा तोडफोड समेत गरेका थिए। त्यसैविषयमा छलफल गर्न […]